सरकारको विरोध गर्दै ज्वाला सङ्ग्रौलाले भनिन्– गरिबका लागि निःशुल्क दाहसंस्कारको व्यवस्था होस्
ratopati.com · Fri Aug 07 08:45:33 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका सङ्ग्रौला (ज्वाला) ले विपन्न र गरिब नागरिकको मृत्यु हुँदा दाहसंस्कारका लागि राज्यले निःशुल्क व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद ज्वालाले आफ्नो पार्टीको सरकारले पशुपति आर्यघाटमा लास जलाउने पैसा नभएर एक नागरिकले आफूसँग सहयोग मागेको घटना सुनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद सङ्ग्रौलाले आज बिहानै पशुपति आर्यघाटबाट एक विपन्न नागरिकले फोन गरेर आफ्नो आफन्तको लास दाहसंस्कार गर्न पैसा नभएको भन्दै सहयोगको याचना गरेको बताइन् । ‘त्यो फोनले मलाई एकछिन झस्कायो र दुःखी बनायो,’ उनले भनिन्– ‘बाँचुन्जेल अनेक शीर्षकमा कर तिर्ने नागरिकले मर्दा पनि सम्मानजनक अन्तिम संस्कार नपाउनु दुःखद छ।’
Read full story at source (ratopati.com)