एआईको प्रयोग गरी पहिलोपटक नयाँ भाइरस डिजाइन, स्वास्थ्य क्षेत्रमा क्रान्ति कि नयाँ संकटको सङ्केत ?
techpana.com · Fri Aug 07 08:49:21 GMT 2026

काठमाडौं । अमेरिकी अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर पहिलोपटक नयाँ भाइरसहरू डिजाइन गरेका छन् । वैज्ञानिकहरूका अनुसार यी भाइरसहरूले सक्रिय रूपमा काम गर्न सक्ने र रिप्लिकेट (आफ्नै जस्तै हुबहु प्रतिलिपि निर्माण) गर्न सक्छन् । एआईले पूर्ण जीनोम (कुनै जीवको सम्पूर्ण आनुवंशिक जानकारी) तयार गरी कार्य सक्षम भाइरस निर्माण गरेको यो पहिलो घटना हो ।
अनुसन्धानका क्रममा एआईले डिजाइन गरेका १६ वटा नयाँ भाइरस प्रयोगशालामा सफलतापूर्वक तयार गरिएको थियो । यी भाइरसले ब्याक्टेरियालाई मात्र संक्रमित गर्ने भएकाले मानिसका लागि कुनै खतरा नरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
Read full story at source (techpana.com)