साउदी अरेबिया, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता हुँदै
aarthiknews.com

काठमाडौं । साउदी अरेबिया, टर्की र पाकिस्तानले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। क्षेत्रीय घटनाक्रमबारे प्रत्यक्ष जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले यस्तो जनाएको हो । अमेरिका र इजरायलको आक्रमणपछि इरानले खाडी क्षेत्रका मुलुकहरूलाई निशाना बनाइरहेका बेला यो सम्झौताले प्रमुख सुन्नी मुस्लिम शक्तिराष्ट्रबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने विश्लेषण गरिएको छ।
सम्झौतामा हस्ताक्षरका लागि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ तथा सेनाप्रमुख असिम मुनिर साउदी अरबको जेद्दाहमा पुगेका छन्। उनीहरूले साउदी युवराज मोहम्मद बिन सलमानसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
Read full story at source (aarthiknews.com)