कांग्रेस इतरपक्षको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
ratopati.com · Fri Aug 07 09:08:45 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेस इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेता कोइरालाले राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु भेलको मुख्य उद्देश्य रहेको समेत दाबी गरे । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ ।
Read full story at source (ratopati.com)