कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो
ratopati.com · Fri Aug 07 09:24:53 GMT 2026

काठमाडाैँ। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सङ्क्रमण पुष्टि भएका इबोला केसहरूको सङ्ख्या चार हजार ५३ जना पुगेको जनाइएको छ। तीमध्ये एक हजार ८५० जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूले भाइरसको अभूतपूर्व प्रकोपका बारेमा अनुसन्धान गरिरहेको जनाएका छन्।
बुन्डिबुग्यो इबोला भाइरसको कारणले भएको यो प्रकोप विश्वव्यापी रूपमा रेकर्ड गरिएको दोस्रो सबैभन्दा ठूलो इबोला प्रकोप भएको जनाइएको छ भने सन् १९७६ मा देशमा पहिलो पटक भाइरस पहिचान भएदेखि कङ्गोमा सबैभन्दा ठूलो सङ्कट निम्त्याएको जनाइएको छ।
Read full story at source (ratopati.com)