झापामा साढे पाँच लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद
bishowkhabar.com · Fri Aug 07 09:49:13 GMT 2026

काठमाडौं– झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरका भन्सार छलीका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान र दुई वटा सिटी सफारी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, झापाको मोबाइल टोलीले मेचीनगर–१५ स्थित बङ्गसल सीमा क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामान बिहीबार साँझ जाँचका क्रममा बरामद गरेको हो।
Read full story at source (bishowkhabar.com)