शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट सहयोग गर्ने
annapurnapost.com · Mon Aug 31 11:49:40 GMT 2026

काठमाडौं : विनाशकारी बाढीले प्रभावित रसुवा जिल्लासहित अन्य प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ ।
शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रति परिवार १०० बोराका दरले जम्मा ११,००० बोरा शिवम् ओ.पि.सि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
Read full story at source (annapurnapost.com)