श्रीलङ्कामा सेना परिचालन
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
कोलम्बो । श्रीलङ्कामा कैदीहरूले कारागारबाट भाग्ने प्रयास गरेर अशान्ति फैलाएपछि शुक्रबार त्यहाँको मुख्य तथा उच्च–सुरक्षा कारागारमा भारी हतियारसहितका सैनिकहरू परिचालन गरिएको अधिकारीहरूले बताएका छन् ।
कारकागारमा बिहीबार राति शुरू भएको अशान्तिपछि सयौँ सैनिक र प्रहरी कमान्डहरूले वेलिकाडा कारागारको बाहिरी घेरामा सुरक्षा दिएका छन् भने कारागार अधिकारीहरूका अनुसार घटनामा नौ जना कैदी घाइते भएका छन् ।
Read full story at source (hamrakura.com)