ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
nepalnews.com · Fri Aug 07 10:32:26 GMT 2026

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकको सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताएकी हुन्।
उनले अफवाह र भ्रमको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गरिन्। अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्नसक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिइँदै आएकामा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको स्पष्ट गरिन्।
Read full story at source (nepalnews.com)