यातायातको सफ्टवेयर नचल्दा सेवाग्राही जरिवाना तिर्न बाध्य
annapurnapost.com · Fri Aug 07 10:37:16 GMT 2026

धनगढी : यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षदेखि जारी गरेको इडीएलभीआरसी अनलाइन प्रणाली राम्ररी सञ्चालनमा नआएपछि सुदूरपश्चिमका लाखौँ सेवाग्राही प्रभावित भएका छन्। सुदूरपश्चिमका तीन जिल्ला कैलाली, कञ्चनपुर र डडेलधुरामा रहेका यातायात कार्यालयहरूमा पनि उक्त अनलाइन सफ्टवेयर नचलेपछि सेवाग्राही प्रभावित भएका हुन्।
सरकारले पूर्ण रूपमा तयारी नगरी २०८३ सालदेखि ईडीएलभीआरसी अनलाइन प्रणाली लागू गरेपछि सेवाग्राही प्रभावित भएका हुन्। ईडीएलभीआरसी अनलाइन प्रणाली भनेको सेवाग्राहीले अनलाइनमा कागजपत्र अपलोड गरेर घरमै बसेर चालक अनुमति पत्र नवीकरण, गाडीको ब्लुबुक नवीकरण, राजस्व भुक्तानीजस्ता कार्य गर्न सक्ने सफ्टवेयर हो।
Read full story at source (annapurnapost.com)