सुनकोशीमा हाम फालेका पराजुली दम्पती अझै भेटिएनन्
ratopati.com · Fri Aug 07 10:52:34 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पतीको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ।
बेपत्ता दम्पतीको खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै खटिएका छन्। बुधबार साँझ करिब ६ः ३० बजे मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीले सुनकोशी नदीमा हाम फालेपछि उनीहरू बेपत्ता भएका थिए।
Read full story at source (ratopati.com)