जेनजी आन्दोलनका सहिदका परिवार र घाइतेहरूसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग
ratopati.com · Fri Aug 07 10:52:44 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनका सहिदका परिवार र घाइतेहरूसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
सरकारले सहिदका परिवार र घाइतेहरूसँग एक महिनाभित्र पूरा गर्ने गरी गरेको २३ बुँदे सहमतिको समय एक महिना चार दिन बितिसक्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै उनले आपत्ति जनाइन्। राज्यले गरेको वाचा पूरा नगर्दा पीडितको पीडा थप बढ्दै गएको उनले बताइन्। अबको एक महिनाभित्र उक्त सहमतिका लागि कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गर्न उनले सरकारसँग माग गरेकी छन्।
Read full story at source (ratopati.com)