दुबईको जमजम पर्फ्युम्सको पहिलो आधिकारिक आउटलेट नेपालमा खुल्दै
clickmandu.com · Fri Aug 07 10:54:27 GMT 2026

काठमाडौं । दुबईको सुगन्धित उत्पादन ब्रान्ड जमजम पर्फ्युम्सले नेपालमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले काठमाडौंको सुन्धारास्थित सिभिल मलको पसल नम्बर १०१ मा स्थापना गरेको आउटलेट शनिबार मध्याह्न १२ बजे उद्घाटन गर्ने जनाएको छ । जमजम पर्फ्युम्स नेपाल प्रालिले उक्त ब्रान्डलाई औपचारिक रूपमा नेपाली बजारमा भित्र्याएको हो ।
आउटलेट उद्घाटनका लागि जमजम ब्रदर्सका नामले सामाजिक सञ्जालमा चर्चित अब्दुल गफुर र मोहम्मद शकुर शुक्रबार काठमाडौं आइपुगेका छन् । उनीहरू क्रमशः बडे भाइ र छोटे भाइका नामले परिचित छन् । दुबईमा व्यवसाय गर्दै आएका पाकिस्तानी मूलका यी दाजुभाइले जमजम इलेक्ट्रोनिक्सबाट सुरु गरेको व्यावसायिक यात्रालाई पछिल्लो समय पर्फ्युम व्यवसायमा विस्तार गरेका हुन् ।
Read full story at source (clickmandu.com)