वृद्ध बा–आमा सुनकोशीमा बेपत्ता हुनु भयो, तर यो सरकार बेपत्ता नहोस् : सांसद भण्डारी
annapurnapost.com · Fri Aug 07 10:47:09 GMT 2026

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बदनकुमार भण्डारीले सुनकोशी नदीमा हामफालेर बेपत्ता बृद्ध बा–आमाको खोजीमा सरकारले तदारुकता देखाउनु पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भण्डारीले साउन २० गते काभ्रे मण्डनपुर–७ का ६८ वर्षीय केदारनाथ पराजुली र बोनम्यारो पीडित ६७ वर्षीया तिलकुमारी सुनकोशीमा हामफालेर बेपत्ता भएको बताउँदै उनीहरुको खोजीका लागि सरकारलाई आग्रह गरेका हुन् । उनले वृद्ध बाले आफ्नो श्रीमतीलाई पिठ्यूँमा बोकेर सुनकोशी नदीमा हामफालेको र अहिलेसम्म बेपत्ता नै रहेको बताए । सांसद भण्डारीले यो समाचारले मुलुकभर दुःख छाएको बताएका छन् ।
Read full story at source (annapurnapost.com)