सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध शान्ति सुरक्षाका मुख्य चुनौती [भिडियो]
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल प्रहरीले वर्तमान समयमा सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई देशको शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ।
प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना (मिसइन्फरमेसन) र भ्रामक सूचना (डिस्इन्फरमेसन) का कारण साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव खलबलिने जोखिम उच्च बढेको बताएका छन्। यसैगरी, पछिल्लो समय वित्तीय अपराध र साइबर अपराधका घटनाहरू पनि तीव्र रूपमा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। विशेष १० प्रकारका प्रमुख अपराधहरूको विश्लेषण गर्दा साइबरसँग सम्बन्धित 'स्क्यामिङ' का घटनाहरू बढी देखिएको प्रवक्ता काफ्लेले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)