एक वर्षमा ६१ हजार कसुर दर्ता, बैङ्किङ कसुर सबैभन्दा धेरै
ratopati.com · Fri Aug 07 11:02:38 GMT 2026

काठमाडौँ । प्रहरी कार्यालयहरूमा पछिल्लो १ वर्षमा ६१ हजार ०१६ वटा कसुर दर्ता भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा ६१ हजार ०१६ अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले सबैभन्दा धेरै मुद्दा बैङ्किङ कसुरसँग सम्बन्धित रहेको बताए ।
सबैभन्दा धेरै कसुर काठमाडौँ उपत्यकामा दर्ता हुने गरेको छ । काठमाडौँ उपत्यकामा १५ हजार २९७ अपराधका घटना दर्ता भएको छ ।
Read full story at source (ratopati.com)