१५ बुँदे माग अघि सार्दै व्यवसायीले गरे वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा
annapurnapost.com · Fri Aug 07 11:01:51 GMT 2026

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगार ऐन २०६४ लाई समय सापेक्ष संशोधन लगायतका १५ बुँदे माग अघि सार्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको हो।
श्रमिकको पारदर्शी लागत तथा व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण गरिनुपर्ने, श्रमिकको सेवा शुल्क १० हजार पर्याप्त नभएकाले अन्तर्राष्ट्रिय प्रचलन, प्रतिस्पर्धी मुलुकहरू र नेपालकै आन्तरिक रोजगारी व्यवस्था अनुसार श्रमिकले पाउने १ महिनाको तलब बराबरको सेवा शुल्क तोकिनुपर्ने संघका अध्यक्ष डिक बहादुर खत्रीले बताए।
Read full story at source (annapurnapost.com)