मोबाइल सेवा प्रदायकलाई फाइभ–जी तयारी अघि बढाउन प्राधिकरणको निर्देशन
bishowkhabar.com · Fri Aug 07 11:07:04 GMT 2026

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ–जी मोबाइल सेवा सुरु गर्ने तयारी अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेस गर्न निर्देशन दिएको छ।
प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम नेपाल टेलिकम, एनसेललगायतका सेवा प्रदायकलाई सेवा गुणस्तर सुधार, नियामकीय अनुपालन, उपभोक्ता हित संरक्षण तथा नयाँ प्रविधि विस्तारसम्बन्धी ८ बुँदे निर्देशन जारी गरिएको हो।
Read full story at source (bishowkhabar.com)