अफगानिस्तानमा पाकिस्तानी आक्रमण
barnanmedia.com · Mon Jun 29 22:25:00 GMT 2026

पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ ।
पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले कराचीमा सप्ताहन्तमा भएको घातक आक्रमणमा संलग्न समूहलाई निशाना बनाएर अफगानिस्तानको पाक्तिया, पाक्तिका र कुनार प्रान्तमा सटीक हवाई आक्रमण गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त कारबाहीमा २५ जना आतङ्कवादी मारिएका छन् भने सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा थप चार जना लडाकू मारिएका छन् । पाकिस्तानले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट अलगिएको जमात–उल–अहरार समूहलाई लक्षित गरिएको जनाएको छ ।
Read full story at source (barnanmedia.com)