रु. ६५ अर्ब लगानीमा चाबहिल–गौशलामा तीन तले सुरुङमार्ग बन्ने
corporatenepal.com · Fri Aug 07 11:05:11 GMT 2026

काठमाडौं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले काठमाडौंको चाबहिलदेखि गौशालासम्म तीन तले सुरुङ मार्ग बनाउन प्रस्ताव गरेको छ । जाइकाले आफ्नै वित्तीय सहयोगमा काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरु योजना तयार गरेको छ । त्यसमा प्रस्ताव गरिएको २२ वटा पूर्वाधार परियोजनामा चाबहिल–गौशाला सुरुङ मार्ग पनि एक हो ।
मूख्यतः सुरूङमार्गमा सवारी साधन गुड्नका लागि दुई तहका सुरुङ हुनेछन् । त्यसमा माथिल्लो तहको सुरुङबाट उत्तरतर्फ र तल्लो तहको सुरुङबाट दक्षिणतर्फ गाडी गुड्ने छन् । त्यसभन्दा पनि तल्लो तहमा भने आपतकालीन उद्धारका लागि निकास मार्ग बनाउने प्रस्ताव गरिएको छ । यसरी चाबहिल गौशालामा तीन तले सुरुङ बन्ने देखिन्छ ।
Read full story at source (corporatenepal.com)