रोहिणीका २७१ परिवारलाई लालपूर्जा
baahrakhari.com · Fri Aug 07 11:28:47 GMT 2026

बुटवल । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको गृहक्षेत्र रुपन्देहीको रोहिणी गाउँपालिका–५ मा २७१ परिवारलाई लालपूर्जा वितरण गरिएको छ । साविक बोधवार र पर्सा गाविसअन्तर्गतको गाउँब्लक क्षेत्रका परिवारले शुक्रबार पहिलोपटक आफ्नै नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपूर्जा) प्राप्त गरेका हुन् ।
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको यस क्षेत्रको जग्गा स्थानीयले पुस्तौँदेखि भोगचलन गर्दै आएका थिए । तर, कानुनी स्वामित्वको प्रमाण नहुँदा उनीहरू जग्गा किनबेच, बैंकिङ कारोबार, ऋण सुविधा तथा सरकारी सेवा लिनसमेत समस्यामा पर्दै आएका थिए । कुल ३२४ दर्तामध्ये पहिलो चरणमा २७१ थान लालपूर्जा वितरण गरिएको हो ।
Read full story at source (baahrakhari.com)