अनसनरत डिल्ली हरिजनको वीर अस्पतालको आइसीयूमा उपचार
ratopati.com · Fri Aug 07 11:33:14 GMT 2026

काठमाडौँ । अनसनरत डिल्ली हरिजनलाई वीर अस्पतालको आइसीयूमा उपचार थालिएको छ । चौथो दिनदेखि अनसनरत हरिजनलाई थप उपचारका लागि वीर अस्पतालको आइसीयूमा राखिएको हो ।
परीक्षण रिपोर्ट अनुसार हरिजनको रगतको मात्रा र मिर्गौलाको अवस्था सामान्य देखिएको छ । तर, कलेजो (लिभर) को परीक्षण गर्दा बिलीरुबिनको मात्रा चाहिनेभन्दा केही बढी देखिएकाले कलेजोमा असन्तुलन वा समस्या हुन सक्ने सङ्केत देखिएको छ । शरीर कमजोर बन्दै गएको छ ।
Read full story at source (ratopati.com)