तामाकोशी पाँचौंको निर्माण तीब्रः भौतिक प्रगति २१.६८ प्रतिशत
clickmandu.com · Fri Aug 07 11:45:58 GMT 2026

काठमाडौं । तामाकोशी जलविद्युत कम्पनीले निर्माण गरिरहेको तामाकोशी पाँचौं जलविद्युत आयोजनाको भौतिक प्रगति २१.६८ प्रतिशत पुगेको छ । ९९.८ मेगावाट क्षमताको आयोजनाले वन क्षेत्रको स्वीकृति र जग्गा भोगाधिकारमा भएको ढिलाइका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा सन्तोषजनक प्रगति हासिल गरेको कम्पनीले जनाएको छ । यस अवधिमा वित्तीय प्रगति २५.९० प्रतिशत रहेको छ ।
गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको पत्राचारपछि रोकिएको निर्माण कार्य वन तथा वातावरण मन्त्रालयबाट २०८२ फागुन १९ गते स्वीकृति पाएपछि फागुन २४ देखि पुनः तीव्र गतिमा अघि बढेको हो ।
Read full story at source (clickmandu.com)