धनुषामा ‘साहु महाजन’ले निकाले जुलुस, १ गतेदेखि काठमाडौंमा धर्ना दिने चेतावनी
aarthiknews.com

जनकपुर । पैसा ब्याजमा लगाउने ‘साहु महाजन’हरुले जनकपुरधाममा विशाल विरोध जुलुस निकालेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका करीब सातसय बढी साहु महाजनहरुले जनकपुरधामका मुख्य चोक हुँदै जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ९ बुंदे सम्झौता खारेज गर, गृहमन्त्री मुर्दावाद, खाएको ऋण तिर्ने पर्छ लगायतका नारा लगाउँदै जनकपुरधामा विरोध जुलुस निकालेका छन् । सो क्रममा बोल्दै पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशका अध्यक्ष विजय यादवले अबको आन्दोलन थप शसक्त हुने बताए ।
Read full story at source (aarthiknews.com)