प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
ratopati.com · Fri Aug 07 12:04:14 GMT 2026

बुटवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई तत्काल पक्राउ नगर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आदेश दिएको छ।
सरकारी लेटरप्याड दुरुपयोग गरी सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा परेको उजुरीका आधारमा जिल्ला अदालत पश्चिम नवलपरासीले साउन २० गते यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
Read full story at source (ratopati.com)