सुनसरी घटना : आन्दोलन गर्ने कांग्रेसको चेतावनी
himalpress.com · Fri Aug 07 12:07:31 GMT 2026

इटहरी- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज गोलीकाण्डलाई लिएर नेपाली कांग्रेसले राजनीतिक दबाब बढाउने रणनीति अपनाएको छ। सरकारले पीडित परिवारसँग गरेको सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै कांग्रेस सुनसरीले तीन दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा कांग्रेसले गोलीकाण्डको छानबिनका लागि न्यायिक समिति वा आयोग गठन, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति तत्काल कार्यान्वयन, घाइतेहरूको निःशुल्क तथा सुविधा सम्पन्न अस्पतालमा उपचार, पीडित परिवार र प्रभावित व्यवसायीलाई क्षतिपूर्ति तथा जिल्लामा शान्ति–सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ।
Read full story at source (himalpress.com)