बागमतीमा प्रशासनिक शक्ति सङ्घर्षले समायोजनको काम सुस्त
ratopati.com · Fri Aug 07 12:15:00 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने र कार्यसम्पादनमा चुस्तता ल्याउने उद्देश्यले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ८ मा झारेको झन्डै तीन हप्ता बितिसकेको छ । यद्यपि प्रशासनिक तहमा भने अझै १४ वटै मन्त्रालयको संरचना अस्तित्वमा छ ।
राजनीतिक रूपमा ८ जना मन्त्रीले जिम्मेवारी सम्हाल्दै आए पनि प्रशासनिक र भौतिक रूपमा मन्त्रालयहरू अझै एकीकृत हुन सकेका छैनन् । साउन १ अघि छरिएर रहेका मन्त्रालय एकीकृत रूपमा सेवा प्रवाहमा जुट्न नसक्दा मन्त्रालय एउटै तर कार्यालय र सचिव छुट्टाछुट्टै हुने अवस्था सिर्जना भएको छ ।
Read full story at source (ratopati.com)