पर्यटन ऐनलाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ माथि विषय विज्ञहरूसँग भएको छलफलका क्रममा वक्ताहरूले दशकौँ पुरानो कानूनी संरचनालाई विस्थापित गर्दै ऐनलाई थप उदार र समयसापेक्ष बनाउन जोड दिएका छन्।
उनीहरूले पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई संकुचित नगरी सरकारले सहजकर्ता र नियामकको रूपमा मात्र कार्य गर्नुपर्ने धारणा राखेका छन्। होटलको वर्गीकरण, पर्वतारोहण व्यवस्थापन र ट्राभल एजेन्सीहरूको कार्यक्षेत्रलाई भौगोलिक तथा विधागत विशिष्टताका आधारमा परिभाषित गर्नुपर्ने तथा विधेयकमा रहेका कानूनी अस्पष्टता हटाउँदै प्रदेश र स्थानीय तहसँगको समन्वय र अधिकार बाँडफाँडलाई व्यवस्थित बनाउनुपर्ने सरोकारवालाको ठहर छ।
Read full story at source (hamrakura.com)