‘दक्षिण एसियाको राजनीतिमा युवाको सहभागिता बढ्याे’
ratopati.com · Fri Aug 07 12:19:00 GMT 2026

काठमाडौँ । दक्षिण एसियाको राजनीतिमा युवाको सक्रियता र सहभागिता बढ्दै गएको जानकारहरूले बताएका छन् । इन्टरजेनरेशनल सिभिक फोरमले शुक्रबार आयोजना गरेको ‘अशान्त युवा: दक्षिण एसियाका राजनीतिक शक्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले हरेक प्लेटफर्ममा युवाको सक्रियता र सहभागिता बढ्दै गएको बताएका छन् ।
बङ्गलादेशकी महिला अधिकारकर्मी खुसी कबिरले पछिल्लो समय दक्षिण एसियाका विभिन्न देशमा भएको आन्दोलनमा युवाको सहभागिता अत्याधिक देखिएको बताइन् । बङ्गलादेश र नेपालका युवाले राजनीति परिवर्तन नै गरेको बताउँदै उनले अहिलेको राजनीतिमा युवाको सहभागिता बढ्दै गएको बताइन् ।
Read full story at source (ratopati.com)