म्यानमारको जेलमा रहेका १८ नेपाली रिहा, नेपाल फर्काउने प्रक्रिया सुरु
baahrakhari.com · Fri Aug 07 12:25:14 GMT 2026

काठमाडौं । म्यानमारको जेलमा रहेका १८ जना नेपाली रिहा भएका छन् । उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि सुरु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“म्यान्मारस्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न अभियोजनमा जेलमा परेका १८ नेपाली नागरिकहरू रिहा भएका छन्,” शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “उहाँहरूलाई नेपाल फर्काउने प्रक्रिया सुरु भइसकेको छ ।”
Read full story at source (baahrakhari.com)