सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल प्रवेश
reportersnepal.com · Fri Aug 07 12:32:10 GMT 2026

काठमाडौ । विभिन्न सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल प्रवेश गरेको पाइएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले अनुसन्धानका क्रममा हालसम्म ५२६ जना रोहिंग्या नेपालमा रहेको तथ्य फेला परेको जानकारी दिएका हुन्। यसअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या समुदायका केही व्यक्ति नेपाल प्रवेश गरेको पाइएको बताएका थिए।
Read full story at source (reportersnepal.com)