ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
swasthyakhabar.com · Fri Aug 07 12:46:00 GMT 2026

काठमाडौं- हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लि. (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले स्थानीय सरकार र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप संस्थागत गर्दै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विश्वास लिइएको छ।
सम्झौतापत्रमा ह्याम्स अस्पतालका श्री आर. एस. भण्डारी तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले हस्ताक्षर गरे। सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Read full story at source (swasthyakhabar.com)