राजधानीमा दिनदहाडै चोरी
janaaastha.com

प्रहरीले लागुऔषध र चोरीको सामानसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ चमती बस्ने सञ्जय तामाङ, रवि महर्जन र सुजन तामाङलाई समातिएको हो । साउन २० गते दिँउसो चमतीस्थित एउटा घरमा चोरी भएको थियो । कोही नभएको अवस्थामा ताला फोडेर चोरी गरेको खबरपश्चात् प्रहरी वृत्त, स्वयम्भुबाट खटिएको टोलीले उनीहरुलाई समातेको हो । सञ्जय र रविको साथबाट गाँजाको धुलोजस्तो देखिने पदार्थ २५ ग्राम, सेतो रंगको धुलो ३३० मिलिग्राम, सिरिज ३७ थान बरामद भएको छ ।
Read full story at source (janaaastha.com)