देउवा काठमाडौं आएपछि प्रहरीले पक्राउ गर्ला ?
nepallive.com · Fri Aug 07 13:24:51 GMT 2026

काठमाडौं– लामो समयदेखि देश बाहिर रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा २६ साउनमा काठमाडौं आउने बताइएको छ । पछिल्लो समय हङकङमा श्रीमती तथा पूर्वपरराष्ट्रमती आरजु राणासँगै रहेका देउवा करिब ६ महिनापछि नेपाल फर्किँदैछन् । देउवा निकट स्रोतका अनुसार उनी एक्लै नेपाल फर्कन लागेका हुन् ।
उनी उपचारका लागि भन्दै गत २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुनभन्दा अघि नै विदेश गएका थिए । सुरुमा सिंगापुर गएका देउवा त्यहाँबाट हङकङ पुगेका थिए । हङकङमा रहँदा त्यहाँको मलमा कहिले लिफ्ट चढ्दै गरेको, केही बाटोमा हिँड्दै गरेको भिडियोहरु पनि सार्वजनिक भइरहेका छन् ।
Read full story at source (nepallive.com)