शेख हसिना भारत–बंगलादेश सम्बन्धमा तगारो बन्दै छिन् ?
baahrakhari.com · Fri Aug 07 13:24:00 GMT 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएको दुई वर्षपछि भर्चुअल सम्बोधन गरिन् । दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लबको कार्यक्रममा भर्चुअल सम्बोधन गरेसँगै भारत–बंगलादेश सम्बन्धमा नयाँ कूटनीतिक विवाद सुरु भएको छ । बंगलादेश सरकारले यसप्रति कडा आपत्ति जनाएको छ भने भारतले उक्त कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
बंगलादेशको अदालतले दुई वर्षअघि भएको आन्दोलनका क्रममा हिंसा र हत्यासम्बन्धी मुद्दामा हसिनालाई मृत्युदण्डको सजाय सुनाइसकेको छ । उनी अगस्ट ५, २०२४ देखि भारतमा बस्दै आएकी छन् । भारतमा रहँदै उनले पटक–पटक अडियो र भिडियो सन्देश सार्वजनिक गर्दै बंगलादेश फर्किने इच्छा व्यक्त गर्दै आएकी छन् ।
Read full story at source (baahrakhari.com)