सिन्धुपाल्चोकको रास्वपा सभापति पदमा माया गुरुङ निर्वाचित
kendrabindu.com · Fri Aug 07 13:25:54 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापति पदमा माया गुरुङ निर्वाचित भएकी छन्।
आज चौतारामा भएको जिल्ला अधिवेशनको मतदानमा १४९ मत ल्याएर गुरुङ विजयी भएकी हुन्। गुरुङ रास्वपाको संस्थापन सभापति पनि हुन्। सभापतिमा उठेका कुमार श्रेष्ठ २०, कमला खड्का ६१, पासाङ तामाङले १३ र दिलराम श्रेष्ठ २ मत मात्रै पाए।
Read full story at source (kendrabindu.com)