भान्साको अचार बजारमा : आमा बनाउने, छोरा बेच्ने
farakdhar.com · Sat Jun 10 12:33:21 GMT 2023
रमरम, मुखै रसाउने । अमिलो अनि ट्वाक्क पिरो । यस्तै यस्तै स्वादका अचार बनाउने,खाने र आफन्तलाई पनि चखाउने सानैदेखि लागेको बानी थियो–कमला श्रेष्ठको । काठमाडौं थापागाउँकी कमलाले बनाएको अचार भनेपछि आफन्त पनि हुरुक्क हुन्थे । आफुले बनाएको अचार अरूले मिठो मानी-मानी खाएको देख्दा उनी फुरुङ्ग नपर्ने कुरै भएन ।
त्यति मात्र कहाँ हो र ? आफन्त, घरपरिवारले ‘राम्रो अचार बनाउन त कमलाबाट सिक्नुपर्छ’ भन्दै प्रोत्साहित गर्थे । उनलाई पनि लाग्थ्यो–‘म साँच्चै मीठो अचार बनाउँदी रहेछु ।’ अचार बनाउन पाउँदा संसार जितेको महसुस हुन्थ्यो,कमलालाई । यो त्यस बेलाको कुरा हो । अहिले पनि कथा उही छ,उस्तै छ ।
Read full story at source (farakdhar.com)