चोरीकाे आरोपमा युवक पक्राउ, सुनको तिलहरीसहित चोरीका सामान बरामद
nepalpress.com · Fri Aug 07 13:43:59 GMT 2026

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–१ छाप भन्ज्याङ क्षेत्रमा घरफोडी चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २१ गते अपराह्न करिब ४ बजे उक्त क्षेत्रमा रहेका घरहरूमा चोरी भएको सूचनापछि प्रहरी चौकी नाङलेभारेबाट खटिएको टोलीले खोजतलासका क्रममा शंखरापुर–जहरसिंहपौवास्थित रूफटप होटलबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ निवासी २० वर्षिय कुमार तामाङलाई पक्राउ गरेको हो ।
Read full story at source (nepalpress.com)