अजित मिजारका परिवारसँग मन्त्री वादीको भेट
khabarhub.com · Fri Aug 07 13:54:20 GMT 2026

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आज काठमाडौँमा अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण तथा न्याय प्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेकी छन् ।
भेटका क्रममा उनको परिवारले वर्षौँदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्याय प्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्री वादीसमक्ष राखे । मन्त्री वादीले परिवारको भनाइ गम्भीरतापूर्वक सुन्दै उनीहरूले भोग्दै आएको पीडाप्रति चासो व्यक्त गरे ।
Read full story at source (khabarhub.com)