पर्दामा फर्किएको ‘स्वर्ण युग’ : आफ्नै तस्बिर हेरेर भावुक बने ‘आमा’का ४ कलाकार
ratopati.com · Fri Aug 07 14:14:10 GMT 2026

काठमाडौँ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा शुक्रबार बेग्लै रौनक थियो । नयाँदेखि पुराना चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको बोर्डको हल बाहिरका भित्ताहरूमा पुराना चलचित्रका पोस्टर टाँसिएका थिए भने हल भित्र गुञ्जिएको पुरानो फिल्मको धुन र दृश्यले दर्शकलाई दशकौँ अगाडिको आभास गराएको थियो । प्रसङ्ग हो ‘ओल्ड इज गोल्ड’ चलचित्र प्रदर्शनी ।
बोर्डले आफ्नो २६ औँ वार्षिकोत्सवको उपलक्ष्य पारेर आयोजना गरेको प्रदर्शनीमा जब हलको ठुलो पर्दामा सेतो र कालो (ब्ल्याक एण्ड ह्वाइट) रङका दृश्यहरू सलबलाउन थाले, हलमा सन्नाटा छायो ।
Read full story at source (ratopati.com)