कृषि उपजमा आत्मनिर्भर बनाउने, जलवायु अनुकूलन प्रणालीको विकास गर्ने
ratopati.com · Fri Aug 07 14:15:00 GMT 2026

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्ले नयाँ ‘राष्ट्रिय कृषि नीति, २०८३’ स्वीकृत गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा स्वीकृत भएको यो नयाँ नीतिले विगत दुई दशकदेखि कार्यान्वयनमा रहेको ‘राष्ट्रिय कृषि नीति, २०६१’ लाई खारेज गर्दै नयाँ कार्यदिशा तय गरेको छ ।
नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको जग बलियो बनाउन, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको मौलिक हकलाई कार्यान्वयन गर्न र तीन तहका सरकारबिच कृषि विकासका कार्यहरूमा समन्वय ल्याउन यो नीति जारी गरिएको सरकारले जनाएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक, प्रतिस्पर्धी र जलवायु उत्थानशील बनाउँदै मुलुकलाई कृषि उपजहरूमा आत्मनिर्भर बनाउनु यस नीतिको मुख्य मार्गचित्र रहेको छ ।
Read full story at source (ratopati.com)