हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
ratopati.com · Mon Jun 08 13:14:02 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले कानुनी कारबाही गरेको छ । ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएपछि राईलाई कारबाही गरिएको हो।
सोमबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी,सुनसरीले कारबाही गरेको हो । लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा उनलाई जरिवाना गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी,सुनसरीले जनाएकाे छ ।
Read full story at source (ratopati.com)