एमाले सांसदले कुनै पनि पारिवारिक सदस्यलाई स्वकीय राख्न नपाउने
reportersnepal.com · Fri Aug 07 14:31:15 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का सांसदहरूले परिवारका सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन् । एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधासम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्यबाहेकको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।
एमालेले स्वकीयको योग्यता पनि निर्धारण गरेको छ । जसमा अधिकृत तहका स्वकीयका सचिवका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने र उपसचिव तहका स्वकीयका लागि स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने मापदण्ड तय गरेको छ ।
Read full story at source (reportersnepal.com)