२५० रुपैयाँको खरिदमा १० लाख, विजेतालाई अर्थमन्त्रीको फोन
ratopati.com · Fri Aug 07 14:39:42 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँका विजेता कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी र १ लाख रुपैयाँ विजेता रुपन्देहीकी सपना खरेललाई फोन गरेर बधाई दिएका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मको पहिलो चरणको नतिजा सार्वजनिक गरेको थियो। सो क्रममा अर्थमन्त्री वाग्लेले १५ जना एक–एक लाख रुपैयाँका विजेता तथा एक जना १० लाख रुपैयाँका बम्पर विजेता छनोट गरेका थिए।
Read full story at source (ratopati.com)