भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट एक वर्षमा एक अर्बभन्दा बढी भुक्तानी पायो
lokaantar.com

चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी भुक्तानीबाट उक्त रकम प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।
मुलुकका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालमा भरतपुर पर्दछ । स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत चार लाख ९३ हजार ४४९ पटक सेवा दिइएको छ । अस्पतालले आर्थिक वर्ष २०७४/७५ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यो अवधिमा १९ लाख ७० हजार ३५२ पटक सेवा दिइएको छ ।
Read full story at source (lokaantar.com)