मल किन्न जाँदा भारतको जेल परेका नेपाली किसान ३८ दिनपछि थुनामुक्त
onlinekhabar.com · Fri Aug 07 15:02:20 GMT 2026

२२ साउन, काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान थुनामुक्त भएका छन् ।
बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह त्यहाँको अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन् । दुवैजना आजै रिहा भएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए । उनले भने, ‘आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ ।’
Read full story at source (onlinekhabar.com)