विजयसँगको सम्बन्धविच्छेदको मुद्दा श्रीमतीले लिइन् फिर्ता
nepalviews.com · Fri Aug 07 15:09:57 GMT 2026

काठमाडौं । भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजय (विजय)विरुद्ध उनकी श्रीमती सङ्गीताले दायर गरेको सम्बन्धविच्छेद (डिभोर्स) को मुद्दा फिर्ता लिएकी छन् । मुद्दा फिर्ता लिएसँगै चेङ्गलपट्टु पारिवारिक अदालतले उक्त मुद्दा बन्द गरेको छ ।
शुक्रबार भिडिओ कन्फरेन्समार्फत अदालतमा उपस्थित भएकी सङ्गीताले न्यायाधीश सुजातासमक्ष आफूले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिन चाहेको जानकारी गराएकी थिइन् । न्यायाधीशले करिब १५ मिनेटसम्म सोधपुछ गरेपछि निवेदन फिर्ता लिने अनुमति दिँदै मुद्दा औपचारिक रूपमा बन्द गरिन् ।
Read full story at source (nepalviews.com)