फिर्के खोलामा बनेका संरचना खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम
ratopati.com · Fri Aug 07 15:36:32 GMT 2026

पोखरा ।धुमधामले सुरु गरेर बिचैमा अड्किएको फिर्के खोलाघर खाली गर्ने अभियान फेरि सुरु हुने भएको छ । पोखरा महानगरपालिकाले खोलाघरभित्रका संरचनाका धनीलाई अन्तिम पटकका लागि भदौ १५ सम्मको अल्टिमेटम दिएको छ।
साङ्केतिक रूपमा जेठ दोस्रो साता केही संरचनामा डोजर लगाएपछि महानगरपालिका पछि हटेको थियो । अब भदौ १५ भित्र आफै हटाउन र आफैले नहटाए महानगर पुनः डोजर लिएर निस्किने चेतावनी दिइएको छ । एक सूचना जारी गरी महानगरपालिकाले बर्खाको अवधि सकिएपछि आफै डोजर लिएर आउने जनाएको हो ।
Read full story at source (ratopati.com)