उच्च शिक्षा नीति कार्यशाला : नियुक्ति प्रक्रिया पारदर्शी बनाउनुपर्नेमा शिक्षामन्त्रीको जोड
onlinekhabar.com · Fri Aug 07 15:35:26 GMT 2026

२२ साउन, काठमाडौं । उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र शुक्रबार सम्पन्न भएको छ । विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समय सापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिसनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले यो दुई दिने कार्यशाला आयोजना गरेको हो ।
कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता तथा विज्ञहरूको सहभागिता छ ।
Read full story at source (onlinekhabar.com)