आफ्नो नेतृत्व आफैँले छाने बालबालिकाले
ratopati.com · Fri Aug 07 15:43:07 GMT 2026

झापा ।शिवसताक्षी नगरपालिका–८ का बालबालिकाले आफ्नै नेतृत्व आफैँ चयन गर्दै नौ सदस्यीय वडास्तरीय बालसञ्जाल गठन गरेका छन् । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०७९ अन्तर्गत आयोजित भेलामा १२ देखि १८ वर्ष उमेर समूहका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा आज सञ्जाल गठन गरिएको हो।
भेलामा सहभागी बालप्रतिनिधिहरूले समावेशिताको आधारमा लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना पदाधिकारी चयन गरेका हुन् । नवगठित सञ्जालको अध्यक्षमा भानु माध्यमिक विद्यालयकी एन्जल बाँस्कोटा, उपाध्यक्षमा झिलझिले माध्यमिक विद्यालयकी ज्योति बस्नेत, सचिवमा पशुपति अङ्गेजी माध्यमिक विद्यालयकी तनुजा खतिवडा, सहसचिवमा भगवती आधारभूत विद्यालयकी सरला दर्नाल र कोषाध्यक्षमा निम्बस इङ्लिस बोर्डिङ स्कुलकी अरुणा भट्टराई चयन भएका छन् ।
Read full story at source (ratopati.com)